शेयर बजारमा झिनाे अंककाे गिरावट – Nepal Press

शेयर बजारमा झिनाे अंककाे गिरावट

काठमाडौं । लगातार दोस्रो दिन पनि शेयर बजार घटेको छ ।

अघिल्लो दिन सोमबार मात्रै दोहोराे अंकले घटेको शेयर बजार मंगलबार २.१७ अंकले घटेर १८९४.५३ बिन्दुमा कायम भएको हो । यसदिन बजारमा ४७ लाख २७ हजार ९०२ कित्ता शेयरको खरिद बिक्री हुँदा १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रुपैयाँको कारोबार भएको छ ।

आजको कारोबारमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, मंदाकिनी हाइड्रोपावर लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड र अभियान लघुवित्त बित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन । भने, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, मिड सोलु हाइड्रोपावर लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

त्यसैगरी, कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल ८ करोड ४९ लाख ९८ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

मंगलबार बजार पुँजिकरण २९ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर