शिवम् सिमेन्टले ल्यायो ‘शिवम् सन्देश’ – Nepal Press

शिवम् सिमेन्टले ल्यायो ‘शिवम् सन्देश’

काठमाडौं । शिवम् सिमेन्टले महत्वपूर्ण जानकारी बोकेको ‘शिवम् सन्देश’ सार्वजनिक गरेको छ ।

शिवम् सिमेन्टले गुणस्तरीय, सुरक्षित र जुगौं टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरुको संग्रह ‘शिवम् सन्देश’ ल्याएको हो । जसमा घर निर्माणपूर्व निर्माणका योजना बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्वपूर्ण जानकारी समावेश गरिएको छ ।

त्यस्तै प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्ट जस्ता प्राविधिकको महत्व कति हुन्छ, घर बनाउँदा बजेटको व्यवस्थापन र वितरण कसरी गर्ने जस्ता जटिल लाग्ने प्रश्नहरुको सरल जनबोलीमा दिइएका सल्लाह र सुझावहरु ‘शिवम् सन्देश’मा समेटिएका छन् ।

साधारण लाग्ने तर घर निर्माणको योजना बनाउन र घर निर्माणका क्रममा निकै उपयोगी हुनसक्ने महत्वपूर्ण जानकारी, सल्लाह र सुझाव पनि ‘शिवम् सन्देश’मा समेटिएको कम्पनीले जनाएको छ ।

‘शिवम् सन्देश’ शिवम् सिमेन्टको आधिकारिक वेबपेज, फेसबुक, युट्युब र इन्स्टाग्राममा गएर हेर्न सकिन्छ ।

मकवानपुरको हेटौंडामा सन् २००९ मा शिवम् सिमेन्ट उद्योगले स्थानीय गुणस्तरीय चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरीय शिवम् सिमेन्ट उत्पादन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर