सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज फ्लोरिङ कार्पेटमा छुट सुविधा – Nepal Press

सिटिजन्स बैंकका ग्राहकलाई हेरिटेज फ्लोरिङ कार्पेटमा छुट सुविधा

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिजमा विशेष छुट पाउने भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको महादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेटबीच सोमबार विशेष छुट दिने समझदारी भएको हो ।

सम्झौताअनुसार बैंकका कार्डबाहकले हेरिटेज फ्लोरिङ कार्पेटमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटबाट पनि प्राप्त गर्न सकिन्छ ।

बैंकले हाल देशभर रहेका १८८ शाखा, १४८ एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरुमार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर