भूकम्प प्रभावितलाई नेपाल बैंकको ५० लाख आर्थिक सहयोग – Nepal Press

भूकम्प प्रभावितलाई नेपाल बैंकको ५० लाख आर्थिक सहयोग

काठमाडौं । कर्णाली प्रदेशमा गएको भूकम्पबाट प्रभावित समुदायलाई नेपाल बैंकले आर्थिक सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले ५० लाख रुपैयाँकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बैंकको सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपत्को समयमा आर्थिक सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि बैंकको तर्फबाट सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *