नेपाली कांग्रेस लुम्बिनीको प्रथम सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा – Nepal Press

नेपाली कांग्रेस लुम्बिनीको प्रथम सम्मेलन मंसिर १६ र १७ गते बुटवलमा

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन मंसिर १६ र १७ बुटवलमा हुने भएको छ ।

कांग्रेस प्रदेश सभापति अमरसिंह पुनका अनुसार बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सम्मेलन उद्घाटनका अवसरमा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू आउने कार्यक्रम तय भइसकेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलन भएकाले पनि प्रदेशमा रहेका १२ वटै जिल्लाबाट विशेष सहभागिता रहने गरी तयारी भएको छ ।

कांग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश रानाका अनुसार उद्घाटन कार्यक्रममा सभापति देउवा, वरिष्ठ नेता डा. शेखर कोइराला, उपसभापति तथा उपप्रधान रक्षामन्त्री पूर्णबहादुर खड्का, संसदीय व्यवस्था तथा कानून मन्त्री धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा. चन्द्रकान्त भण्डारी, दीपक गिरी लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनका लागि करिब ७ सय ५० जना प्रतिनिधि बन्द सत्रमा बस्न पाउनेछन् । प्रदेश महाधिवेशन प्रतिनिधिबाट सबै प्रदेश सभा क्षेत्रबाट ९ जनाका दरले ४६८ प्रतिनिधि छानिने छन् भने प्रदेश सदस्य १ सय ३ जना, सल्लाहकार १२१ जना, संघीय र क्षेत्रका सभापति २२ जना, जिल्ला सभापति १२ जना, केन्द्रीय सदस्य २१ जना यो सम्मेलनका प्रतिनिधि रहने नेता रानाले नेपाल प्रेसलाई बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर