गृहमन्त्रालयले एकीकृत कार्ययोजना बनाउने, पूर्व मुख्यसचिवको नेतृत्वमा अध्ययन समिति गठन – Nepal Press

गृहमन्त्रालयले एकीकृत कार्ययोजना बनाउने, पूर्व मुख्यसचिवको नेतृत्वमा अध्ययन समिति गठन

काठमाडौं । गृह मन्त्रालय र अन्तरगतका निकायको कार्य सम्पादनलाई प्रभावकारी बनाउने योजना तयार पार्न समिति गठन गरिएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेका हुन् ।

अध्ययन समितिको सदस्यमा पूर्व सचिव शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्रा. डा. खड्ग केसी, पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री विन्दु पोखरेल र सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन् ।

अध्ययन समितिको सदस्य सचिव मन्त्रालयका सहसचिव एवं नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थानेश्वर गौतम रहेका छन् ।

मन्त्रालयले विभिन्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *