१४ खेलपछि हार्‍यो अर्जेन्टिना – Nepal Press

१४ खेलपछि हार्‍यो अर्जेन्टिना

ब्राजिल पनि कोलम्बियासँग पराजित

काठमाडौं । विश्वकप फुटबल छनौटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेसँग २-० ले हार व्यहोरेको छ ।

घरेलु मैदानमा लिओनल मेस्सीसहित उत्रिएको अर्जेन्टिनाले अपराजित यात्रालाई कायम राख्न सकेन । गत विश्वकपको पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलले पराजित भएयता अर्जेन्टिनाले कुनै पनि खेल हारेको थिएन । यसबीचमा २ खेल टाइब्रेकरसहित सबै १४ खेल जितेको थियो ।

अर्जेन्टिनाविरुद्ध उरुग्वेका रोनाल्ड अराउजो र डारोविन नुनेजले एक-एक गोल गरे । उरुग्वेले अघिल्लो खेलमा ब्राजिललाई पनि २-० गोलले हराएको थियो ।

यो नतिजापछि अर्जेन्टिना ५ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । १० अंक भएको उरुग्वे दोस्रोमा रहेको छ ।

शुक्रबार बिहानै भएको अर्को खेलमा ब्राजिल पनि पराजित भएको छ ।

कोलम्बियाको मैदानमा उत्रिएको ब्राजिल २-१ ले पराजित भयो । घरेलु टोलीका लागि दुवै गोल लुइस डिआजले गरे । ब्राजिलको ५ खेलबाट ८ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर