दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा – Nepal Press

दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

काठमाडौं । दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया जारी एकदिवशीय विश्वकपको फाइनलमा पुगेको छ ।

बिहीबार भएको सेमिफाइनलमा अस्ट्रेलियाले २ सय १३ रनको लक्ष्य ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाका ट्राभिस हेडले ६२, स्टिभन स्मिथले ३०, डेभिड वार्नरले २९, जोस इङ्लिसले २८ रन जोडे। आठौं विकेटका लागि २२ रनको साझेदारी गरेका मिचेल स्टार्क १६ र प्याट कुमिन्स १४ रनमा अविजित रहे । त्यसअघि दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । अस्ट्रेलियाले उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनल पुगेको हो । अस्ट्रेलिया प्रतियोगिताको सर्वाधिक विजेता हो ।

उसले हालसम्म ५ पटक विश्वकप जितेको छ । दुईपटक फाइनलसम्म पराजित भएको थियो। भारतले यसअघि दुईपटक विश्वकप जितेको छ । विश्वकप १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण अफ्रिका फाइनलसम्म पनि पुग्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर