अस्ट्रेलियाको घातक बलिङसामु दक्षिण अफ्रिकी ब्याट्सम्यान निरीह – Nepal Press

अस्ट्रेलियाको घातक बलिङसामु दक्षिण अफ्रिकी ब्याट्सम्यान निरीह

काठमाडौं । एक दिवसीय विश्वकपअन्तर्गत अहिले भइरहेको सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गरिरहेको दक्षिण अफ्रिका निरीह देखिएको छ ।

दक्षिण अफ्रिकाले यो समाचार तयार पार्दासम्म ३५ ओभरमा ६ विकेट गुमाएर एक सय ३४ रन जोडेको छ। दक्षिण अफ्रिकाका हेनरिच क्लासेन ४७ रन बनाएर आउट भए ।

एडेन मक्रम १०, रस्सी भान डर डुसेन ६, विकेटकिपर क्विन्टन डी कक ३ रन जोडेर आउट भए भने कप्तान तेम्बा बाभुमा र मार्को जान्सेनले खाता खोल्न सकेनन्। डेभिड मिलर ५५ रनमा खेल्दैछन् । अस्ट्रेलियाका ट्राभिस हेड, जोस हेजलउड र मिचेल स्टार्कले समान २ विकेट लिए ।

२४ रन जोड्दा ४ विकेट गुमाएको दक्षिण अफ्रिकाका लागि मिलर र क्लासेनले ९५ रनको साझेदारी गरेका थिए । पाँचौं विकेटका रुपमा क्लासेनलाई हेडले आउट गरेपछि लगत्तै अर्को बलमा जान्सेनलाई पनि आउट गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर