दक्षिण अफ्रिकाको खराब सुरुवात, कप्तान र विकेटकिपर दुवै आउट – Nepal Press

दक्षिण अफ्रिकाको खराब सुरुवात, कप्तान र विकेटकिपर दुवै आउट

काठमाडौं। एकदिवशीय विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध खराब सुरुवात गरेको छ। दक्षिण अफ्रिकाले ६ ओभरमा २ विकेट गुमाएर ८ रन जोडेको छ।

कप्तान तेम्बा बाभुमाले खाता खोल्न सकेनन् भने विकेटकिपर क्वीन्टन डी ककले ३ रन मात्र बनाउन सके। डी ककले जारी विश्वकपमा ४ वटा सतक बनाएका थिए। बाभुमा र डी कक दक्षिण अफ्रिकाको ओपनर ब्याट्सम्यान हुन्।

अस्ट्रेलियाका मिचेल स्टार्क र जोस हेजलउडले एक एक विकेट लिए। यो खेलको विजेताले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ। अस्ट्रेलिया विश्वकपको सर्वाधिक विजेता हो भने दक्षिण अफ्रिका अहिलेसम्म फाइनल पुग्न सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर