‘अभागी’ दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाले निकाल्ला ह्याट्रिक सेमिफाइनल जित ? – Nepal Press

‘अभागी’ दक्षिण अफ्रिकाविरुद्ध अष्ट्रेलियाले निकाल्ला ह्याट्रिक सेमिफाइनल जित ?

हेटौँडा । भारतमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज पाँच पटककको विश्व च्याम्पियन ष्ट्रेलिया र लयमा रहेको दक्षिण अफ्रिकाबिच भिडन्त हुँदैछ ।

भारतको सबैभन्दा चर्चित खेल मैदानको रूपमा रहेको कलकत्ताको इडेन गार्डेनमा हुने सेमिफाइनल भिडन्त यो वर्ल्डकपको सबैभन्दा ‘हेभिवेट’ भिडन्तको रूपमा खेल विश्लेषकहरूले लिएका छन् ।

विश्वकप क्रिकेटको सबैभन्दा अभागी टोलीको परिचय बनाएको दक्षिण अफ्रिकाले ‘नकआउट’ खेल जसरी पनि जितेर देखाउने चतुर अष्ट्रेलियाको सामना गर्नेछ । यो खेलमा दुवै टिमको अन्तिम लक्ष फाइनल पुग्ने त हुने नै छ ।

यति हुँदाहुँदै पनि पाँच पटकको विश्व विजेता अष्ट्रेलिया सेमिफाइनलमा तेस्रो पटक दक्षिण अफ्रिकालाई हराएर फाइनल पुग्न चाहन्छ भने, अभागीको परिचय बनाएको दक्षिण अफ्रिका चार पटक सेमिफाइनलबाट बाहिरिएको पीडा भुल्दै पहिलो पटक फाइनल खेल्न चाहन्छ ।

हालसम्म दक्षिण अफ्रिका १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलसम्म पुगेको छ । तर १९९९ र २००७ मा उ अष्ट्रेलियासँग पराजित भएको थियो ।

संयोग के छ भने दक्षिण अफ्रिकालाई सेमिफाइनलमा हराएको वर्ष दुवै पटक अष्ट्रेलियाले विश्वकप क्रिकेटको उपाधिमाथि कब्जा जमाएको थियो ।

दक्षिण अफ्रिकालाई सेमिफाइनलमा हराएको वर्ष साल १९९९ ङ्ग्लयान्डमा भएको विश्वकप र २००७ मा वेस्ट इन्डिजमा भएको विश्वकपको उपाधि अष्ट्रेलियाले उचालेको थियो ।

यो विश्वकपमा दुवै टोली लयमा

यो विश्वकपमा भने दुवै टोली लयमा छन् । दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरे । लिग चरणको ९ खेल मध्य दुवै टोलीले ७–७ वटा खेलमा विजयी हासिल गरे । तर यो विश्वकपको समूह चरणमा अष्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिकाले विशाल जित दर्ता गरेको छ । त्यसैले पनि दक्षिण अफ्रिकाको मनोबल उच्च हुनसक्छ ।

दक्षिण अफ्रिकाको लागि ब्याटमा क्युनटन डिकक देखि डेभिड मिलरसम्मका उत्कृष्ट खेलाडी छन् भने बलमा जेरार्ल्ड कोएटजी छन् । उनले हालसम्म यो विश्वकपमा १८ विकेट लिइसकेका छन् । यसबाहेक कगिसो रबडापनि उत्कृष्ट बलर हुन् ।

अष्ट्रेलियाको टिम पनि उत्कृष्ट खेलाडीले भरिपूर्ण रहेको छ । अष्ट्रेलियमा डेभिड वार्नर, स्टेभ स्मिथ, क्यामरुन ग्रिन, ग्लेन म्याक्सवेल जस्ता विश्व स्तरीय ब्याट्सम्यान छन् । बल तर्फ कप्तान प्याट कमिन्सदेखि मिथृल स्ट्राक, एडम जम्पा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर