केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु – Nepal Press

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

काठमाडौं । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । अल निनो वर्षाका कारण हजारौँ विस्थापित भएका छन् ।

आन्तरिक क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताए ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई पश्चिमी केन्याको होमा खाडी किसुमु रहेका छन् ।

केन्या सरकारले गारिसा, कितुई ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ ।

ताना र आठ नदी विकास पाधिकण (टार्डा)ले लगातारको अविरल वर्षाका कारण दुईवटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ ।

केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आँकलन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर