भारत विश्वकपको फाइनलमा  – Nepal Press

भारत विश्वकपको फाइनलमा 

नयाँ दिल्ली। न्युजिल्यान्डलाई ७० रनले हराउँदै घरेलु टोली भारत जारी एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बुधवार वंखेडेमा भएको सेमिफाइनलमा भारतले ३ सय ९८ रनको लक्ष्य दिँदै जितको आधार बलियो बनाएको थियो।

न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन जोड्यो। न्युजिल्यान्डको पालीमा ड्यारिल मिचेलले एक सय ३४, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन बनाए। ४१ रनमा २ विकेट गुमाएको अवस्थामा मिचेल र विलियम्सनबीच तेस्रो विकेटका लागि एक सय ८१ रनको साझेदारी भएको थियो।

३३ औँ ओभरको दोस्रो बलमा विलियम्सन तेस्रो विकेटका रुपमा मोहम्मद सामीको बलमा आउट भएपछि न्युजिल्यान्ड थप दबाबमा परेको थियो। त्यसपछि आएका विकेटकिपर टम लाथमले खाता खोल्न सकेनन् भने मार्क च्यापम्यानले २ रन मात्र जोड्न सके। फिलिप्स र मिचेलबीच पाचौँ विकेटका लागि ७५ रनको साझेदारी भएको थियो। भारतका मोहम्मद सामी एक्लैले ७ विकेट लिए।

 

उनले न्युजिल्यान्डका शीर्ष ५ ब्याट्सम्यानलाई आउट गरेका थिए।
त्यसअघि भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन जोडेको थियो। भारतका लागि विराट कोहली र श्रेयस अय्यरले सतकीय पाली खेलेका थिए। कोहलीले एक सय १७ र अय्यरले एक सय ५ रन बनाए। सुबमन गिल पनि ८० रनमा अविजित रहे।

भारतले उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये एकसँग खेल्ने छ। भारतले अन्तिमपटक सन् २०११ मा एकदिवशीय विश्वकप जितेको थियो। भारतीय टोली तेस्रोपटक यो प्रतियोगिताको उपाधि जित्ने प्रयाशमा रहेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर