विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड – Nepal Press

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको रेकर्ड

काठमाडौं । भारतका विराट कोहली एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् ।

घरेलु मैदानमा जारी विश्वकपको सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध शतक पूरा गर्दै उनले आफ्नको करियरको ५० औं शतक पूरा गरेका हुन् ।

उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमान जारी विश्वकपमा बराबरी गरेका थिए । बुधबारको खेलमा सचिनको उक्त कीर्तिमान तोड्दै कोहलीले उक्त कीर्तिमान आफ्नो नाममा दर्ज गरेका छन् ।

भारतले ४२ ओभरमा एक विकेट गुमाएर ३०३ रन जोडेको छ । कोहली १०६ रनमा खेल्दैछन् भने श्रेयसले ६२ रनमा खेल्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर