विश्व कप सेमिफाइनल : न्युजिल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै – Nepal Press

विश्व कप सेमिफाइनल : न्युजिल्यान्डविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

काठमाडौं । भारतमा जारी आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध भारतले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । मुम्बईस्थित वानखडे क्रिकेट मैदानमा भारतका कप्तान रोहितले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

लिगमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले हराएको थियो । जारी विश्व कपमा भारतमात्रै अपराजित टोली हो भने न्युजिल्यान्ड ५ जित र ४ हारसहित सेमिफाइनलमा प्रवेश गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर