तान्जिनियाविरुद्ध नेपाल बलिङमा – Nepal Press

तान्जिनियाविरुद्ध नेपाल बलिङमा

काठमाडौं । हङकङमा चार राष्ट्र सम्मिलित टी-२० क्रिकेट शृङ्खलामा अहिले नेपालले टस हारेर तान्जिनियाविरुद्ध पहिले बलिङ गर्दैछ ।

नेपाल कप्तान इन्दु बर्माको नेतृत्वमा पहिलो पटक प्रतियोगिता खेल्न लागेको हो ।

शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङका अतिरिक्त चौथो टोलीका रूपमा जापान सहभागी छन् ।

नेपाली टोलीमा इन्दु वर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु बिष्ट, पूजा महतो, रोमा थापा, संगिता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन रहेका छन् ।

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ ।

शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन् ।

नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन् ।

आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ । नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर