टिकटक बन्द गर्ने सरकारको निर्णयमा के भन्छन् सर्वसाधारण ? (भिडिओ रिपोर्टिङ) – Nepal Press

टिकटक बन्द गर्ने सरकारको निर्णयमा के भन्छन् सर्वसाधारण ? (भिडिओ रिपोर्टिङ)

काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै देशमा नयाँ बहस सुरु भएकाे छ यसकाे पक्ष र विपक्षमा ।

टिकटक बन्द गर्ने निर्णयप्रति सत्तापक्षदेखि प्रतिपक्षसम्मका प्रतिनिधिहरूले आ-आफ्नो टिप्पणी सामाजिक सञ्जालमा पोखेका छन् । सत्तारुढ घटककै दलहरुका नेताहरुले सरकारले यो निर्णयको चर्को आलोचना गर्दै फिर्ता लिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालको बढ्दो बेथितिलाई धेरै मानिसहरूले हटाउनुपर्ने धारणा राख्दै सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यस विषयमा टिकटक चलाउने आम सर्वसाधारण के भन्छन् त ? धेरैले यसलाई नियमन गरेर चलाउनुपर्ने बताएका छन् ।

टिकटक बन्द हुने विषयमा नेपाल प्रसेकर्मी गौरव पौडेलअंकुश विष्टले तयार गरेको भिडिओ रिपोर्टिङमा सर्वसाधारणको धारणा समेट्ने कोसिस गरिएको छ ।

भिडिओः

 


प्रतिक्रिया

One thought on “टिकटक बन्द गर्ने सरकारको निर्णयमा के भन्छन् सर्वसाधारण ? (भिडिओ रिपोर्टिङ)

  1. टिकटक बन्द गराउने सरकारको हथात कदम- बुढि मर्नु भन्दा पनि काल पल्नु हो जस्तो देखिन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर