प्रतिवन्धपछि फर्किएका रोनाल्डोको दुई गोल, अल नासर फाइनलमा – Nepal Press

प्रतिवन्धपछि फर्किएका रोनाल्डोको दुई गोल, अल नासर फाइनलमा

काठमाडौं । दुई खेलको प्रतिवन्धपछि फर्किएका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि अल नासर साउदी किङ कपको फाइनल प्रवेश गरेको छ।

गएराति सम्पन्न सेमिफाइनलमा अल नासरले अल खालीजलाई ३–१ गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
अल नासरको जितमा अर्को गोल भने साडियो मानेले गरे। एक मात्र गोल फर्काउन सफल अल खालीजका लागि फवाज टोराल्सले गोल गरेका थिए।
जितसँगै अब मे ३१ मा हुने फाइनलमा अल नासारले अल हिलालको सामना गर्नेछ । हिलाल डिफेन्डिङ च्याम्पियन समेत हो ।

पहिलो सेमिफाइनलमा अल हिलालले अल इतिहादलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो।

किङ कप फुटबलको फाइनल आगामी ३१ मा हुने छ। अल हिलाल किङ कपको डिफेन्डिङ च्याम्पियन समेत हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर