डर्टमुण्ड सामु पिएसजी स्तब्ध – Nepal Press

डर्टमुण्ड सामु पिएसजी स्तब्ध

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा फ्रेन्च टोली पिएसजीलाई स्तब्ध पार्दै जर्मन टोली बोरुसिया डर्टमुण्ड विजयी भएको छ ।

घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले पिएसजीलाई १–० हराएपछि पहिलो सेमिफाइनलमा उसले अग्रता कायम गरेको हो ।

डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । यो गोलनै जितको लागि पर्याप्त बन्यो । अब अर्को साता डर्टमुण्डले पिएसजीको घरेलु मैदानमा दोश्रो लेग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर