प्रचण्ड-ओली र रविबीचको छलफल सकियो, कांग्रेसले समय मागेपछि सदन बस्न ढिलाइ – Nepal Press

प्रचण्ड-ओली र रविबीचको छलफल सकियो, कांग्रेसले समय मागेपछि सदन बस्न ढिलाइ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केही समय मागेपछि प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ भएको छ।

प्रतिपक्षी दलले केही समय माग गरेकाले बैठक ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो।

त्यो वार्ता सकिए पनि विपक्षी दलले समय मागेपछि सभामुख दलका प्रमुख सचेतकसँग छलफलमा जुटेका छन्।
हिजो बसेको बैठकमा कांग्रेस र एमालेका सांसदहरुबीच धकेलाधकेलको स्थिति भएको थियो।

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने बटम लाइन बनाएको छ । तर, सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर