अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन – Nepal Press

अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्षमा रविन

सिन्धुपाल्चोक । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुपाल्चोकको २७ औ जिल्ला सम्मेलनबाट रविन वाइबा निर्विरोध अध्यक्षमा निर्वाचीत भएका छन् ।

हिजो राती अबेर सम्पन्न सम्मेलनले वाइबाको अध्यक्षतामा ३९ सदस्य जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको हो ।

सम्मेलनबाट उपाध्यक्षमा कृष्ण न्यौपाने, सचिव शुसिल लोप्चन सह–सचिवहरुमा किसन दुलाल, सविना कार्की, रामहरी कार्की, हरिशरण सुनार र उज्जवल रायमाझी निर्वाचीत भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा अमिर श्रेष्ठ र कार्यालय सचिवमा राजन स्याङबो निर्वाचित भएका हुन् ।

सम्मेलनको अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बढालले उद्घाटन गरेका थिए । आगामी  २ वर्षको लागि चुनिएको नयाँ नेतृत्वले सिन्धुपाल्चोकको समग्र विद्यार्थी आन्दोलनलाई थप मजबुती बनाउने नवनिर्वाचित अध्यक्ष वाइबाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर