प्रहरी अफिसर गोमा पराजुली, समाजसेवामा पनि उत्तिकै सक्रिय – Nepal Press

प्रहरी अफिसर गोमा पराजुली, समाजसेवामा पनि उत्तिकै सक्रिय

काठमाडौं । नेपाल प्रहरी स्कूलमा मावि तहको शिक्षिका हुँदै जनपद प्रहरी मार्फत विगत दुई दशक भन्दा लामो समयदेखि राष्ट्र सेवा गर्दैछिन्, गोमा पराजुली (कन्चन) ।

शिक्षण गर्दागर्दै जनपद तर्फ छिरेकी उनी अहिले प्रहरी अधिकृतका रूपमा कार्यरत छन् । सांगठनिक जिम्मेवारी (ड्युटी) सकेसँगै उनी सामाजिक काममा खटिन्छिन् ।

हालसालै जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित परिवारहरूका लागि उनले एक महिनाको पारिश्रमिक प्रदान गरेकी छन् ।

‘म अहिले जाजरकोटमा कार्यरत छैन । त्यसैले पेशागत हिसाबले मैले तत्काल त्यहाँको समस्या समाधानका निम्ति अथवा त्यहाँका दुखी पीडितहरूको उद्धार र राहतका निम्ति काम गर्न सक्दिनँ । तर, त्यहाँको प्राकृतिक विपत्तिका कारण आज राष्ट्र दुखेको छ, आम नागरिकहरू पीडित भएका छन्’, उनले भनिन्, ‘यो अवस्थामा सबैले आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने लागेर सहयोग गरेकी हुँ ।’

ड्युटीमा आवतजावत गर्दा होस् या सिभिलमा रहँदा उनलाई सडक पेटी तथा मठमन्दिरमा रहेका अनाथ, उपचार नपाएर भौँतारिरहेका बिरामीलाई उनले सहयोग गर्ने गरेकी छन् ।

उनी सङ्खमुल आश्रम सेवा, गाईमाता आश्रम सेवा, स्वर्गद्वारी आश्रम सेवा, मुक्तिनाथ आश्रम सेवा लगायतका आश्रमहरूमा आवश्यकता अनुसारको सहयोग समयमयमा गरिरहन्छिन् । वृद्दाआश्रमको भने उनी आजीवन सदस्य हुन् ।

उनी नेपाल सरकारबाट जनसेवा पुरस्कारबाट विभूषित भइसकेकी छन् । पराजुलीले एलएलबी र एमफील गरिसकेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *