चीन प्रस्थान गरे माधव नेपाल – Nepal Press

चीन प्रस्थान गरे माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

१५ जनाको टोलि सहित अध्यक्ष नेपाल मंगलबार अपरान्ह त्यसतर्फ प्रस्थान गरेका हुन्। चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश बिभागको निमन्त्रणामा आफू नेतृत्वको टोली चीन जान लागेको जानकारी दिए ।

चीन भ्रमणका क्रममा बिभिन्न पार्टीहरुसंग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको शहर पुग्ने कार्यक्रम रहेको उनले बताए । त्यस्तै अध्यक्ष नेपालले भूकम्पले पिडित भएका जनताका लागि सरकार क्रियाशिल हुनुपर्ने जिकिर गरे । जनताको चाहनाका आधारमा भूकम्पपिडितका लागि सवै दलहरु एक भएर काम गर्नुपर्ने उनले बताए ।

चीन भ्रमणसम्पन्न गरेर अध्यक्ष नेपालको टोली आगामी २८ गते फर्कने कार्यक्रम छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर