भूकम्पबाट घाइतेहरुको उद्वारका लागि प्रदेश सरकारले के गर्दै छ ? – Nepal Press

भूकम्पबाट घाइतेहरुको उद्वारका लागि प्रदेश सरकारले के गर्दै छ ?

सुर्खेत । शुक्रबार राति  गएकाे भूकम्पबाट घाइतेहरूको उद्धारका लागि कर्णाली प्रदेश सरकार लागि परेको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट जाजरकाेट र  रुकुम पश्चिममा ठूलाे मानवीय  क्षति भएकाे छ । अहिलेसम्म १२८ जनाकाे मृत्यु भइसकेकाे  भने २ सय भन्दा बढी घाइते भएका  छन् ।

घाइतेहरुको उद्वारका लागि हवाई मार्ग र राहत सामाग्रीको लागि स्थल मार्ग मार्फत प्रदेश सरकार लागि परेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

दाङ, नेपालगन्ज र सुर्खेतबाट राहत सामाग्री लिएर जाजरकोट र रुकुम पश्चिम जाने तयारी भएको मन्त्री जिसीले बताए ।

उनका अनुसार रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका गम्भीर घाइतेको हेलिकप्टर मार्फत प्रदेश अस्पतालमा ल्याउँदै गरेको उनको भनाइ छ ।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको टोलीले भने उद्वार सामाग्री, चिकित्सक र घाइतेको उद्वार गर्ने गरेको छ ।

हेलिकप्टर मार्फत आफू जाने भन्दा पनि घाइतेहरु ल्याउने र चिकित्सक पठाउने कार्य भइरहेको मन्त्री जिसीले नेपाल प्रेसलाई जानकारी दिए ।
शर्मासहितको टोली स्थल मार्ग मार्फत जाने तयारी छ । मन्त्री जिसीका अनुसार सुर्खेत, नेपालगन्ज र दाङबाट राहत तथा उद्धारका सामाग्री पठाउने काम हुँदै छ ।

साथै, प्रदेश विपद् व्यवस्थापन कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्न लागेको मन्त्री जिसीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *