संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य – Nepal Press

संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका चालू अधिवेशन अन्त्य भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशनको अन्त्य गरेका हुन् ।

राष्ट्रपतिले संसदलाई पठाएको पत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०७/१६ को सिफारिसमा संघीय संसदको दुबै सदनको चालू अधिवेशन संवत् २०८० साल कात्तिक १६ गते बिहीबार राति १२ः०० बजेदेखि अन्त्य गरेको छु ।’

यसबारे सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर