पाँचौं छेडेदह कप : यी टीम पुगे सेमिफाइनल – Nepal Press

पाँचौं छेडेदह कप : यी टीम पुगे सेमिफाइनल

कैलाली । बाजुराको खप्तड छेडेदहमा जारी पाँचौं छेडेदह कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलका खेलहरू सकिएको छ । क्वाटर फाइनल पुगेका ८ टीम मध्येबाट ४ वटा टिमले सेमिफाइनलको यात्रा तय गरेका छन् । सेमिफाइनलको खेल भोली हुने छ ।

फाइनल प्रवेशको लागि भोलि बिहान पहिलो खेल आयोजक र त्रिवेणी बिच हुनेछ भने दोस्रो खेल रानीवन र कन्सन बाजुराबिच हुने छ । कन्सन र रानीवन यसअघिको चौथो छेडेदह कपको विजेता र उपविजेता बनेका टिम हुन् ।

रानीवन र कन्सन मध्ये एउटा फाइनल पुग्ने छ । त्यस्तै त्रिवेणी र आयोजक मध्ये एक १७ गते उपाधिको लागि भिड्ने छ । विजेताले दुई लाख ३५ हजार ३३५ रुपैयाँ र उपविजेताले १ लाख २५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् । वेस्ट पिलियर, राइजिङ पिलियर, वेस्ट किपर, वेस्ट डिफेन्डर र सर्वाधिक गोल कर्ताले पनि पुरस्कारसहित मेडल र प्रमाण पाउने छन् ।

विजया दशमी तथा शुभ दीपावलीको अवसरमा दसैँ र तिहारको बीचमा प्रत्येक वर्ष छेडेदह स्पोर्टस् क्लबले प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । ११ गते सुदूरपश्चिम प्रदेशका सांसद जुना दानीले उद्घाटन गरेको प्रतियोगिताको समापन १७ गते सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले गर्ने आयोजकले बताएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर