इसान किसानले शुभमन गिललाई क्यामराकै अगाडि किन गरे ‘ब्याड टच’ ? – Nepal Press

इसान किसानले शुभमन गिललाई क्यामराकै अगाडि किन गरे ‘ब्याड टच’ ?

काठमाडौं । भारतका दुई ब्याट्सम्यान शुभमन गिल र इसान किसन मिल्ने साथी हुन् भने टीमभित्रका प्रतिस्पर्धी पनि । उनीहरु दुवै अहिले रोहित शर्माको ओपनिङ जोडी बन्न टीम भित्र प्रतिस्पर्धा गरिरहेका छन् ।

गिल भारतीय टीमका नियमित ओपनर हुन् । इसानले भने टीममा नियमित स्थान बनाउन सकिरहेका छैनन् । विश्वकपको पहिलो दुई खेलमा डेंगुका कारण गिल अनुपस्थित भए । उनको ठाउँमा किसनले मौका पाएका थिए । तर, दुवै म्याचमा उनले उल्लेख्य रन बनाउन सकेनन् ।

गिल स्वस्थ भएर टीममा फर्किएपछि किसनको स्थान खोसिएको छ । भारतले खेलेका पछिल्ला चार म्याचमा उनले मौका पाएका छैनन् । अहिले भारतीय टीम मुम्बइमा आएको छ, श्रीलंकाविरुद्धको म्याच खेल्न । मुम्बइ एयरपोर्टबाट होटल जाने क्रममा गिल र किसनको एउटा भिडिओ क्लीप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सबै खेलाडीहरु आआफ्ना सामान लोड गरेर बसतिर गइरहेका थिए । तर, अरु भन्दा अगाडि आएका गिलको कुनै मूल्यवान सामान छुट्यो । बाटोमा रोकिएर उनी आफूभन्दा पछाडि आउनेहरुले आफ्नो मूल्यवान सामान कसैले भेट्यो कि भनेर सोध्न थाले । प्रशिक्षक राहुल द्रविणको पछिपछि आइरहेका थिए इसन किसन । हातमा मोबाइल समातेर चिन्ताग्रस्त मुद्दामा छट्पटाइरहेका थिए गिल । किसन भने उनलाई जिस्काउने मुडमा थिए । अप्रत्याशितरुपमा उनले क्यामराकै अगाडि गिलको गलत अंगमा हात लगे । गिल झसंगै भएर पछाडि हटे ।

भारतीय युट्यूबरका अनुसार किसनले गिलको संवेदनशील अंगमा छुँदै भनेका थिए, ‘तिम्रो मूल्यवान सामान यहाँ छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर