प्रधानमन्त्रीको गुनासो- गुटेरस आएको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाए (भिडिओ) – Nepal Press

प्रधानमन्त्रीको गुनासो- गुटेरस आएको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाए (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको भ्रमणका बेला शान्तिप्रक्रियाका बारेमा नेपालका केही नेताले देश विभाजनमा रहेको देखाउनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको शान्ति प्रक्रियाका विषयका अन्तराष्ट्रिय समुदायको साथ पाइरहेको अवस्थामा नेपालका केहि नेताहरुले शान्ति प्रक्रियाका विषयमा देश विभाजित देखाएको बताए ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससंग आइतबार भएको भेटमा एमाले अध्यक्ष केपी ओलीले एमाले शान्ति प्रक्रियाई निष्कर्षमा पुर्‍याउन तयार रहेपनि प्रधानमन्त्री प्रचण्ड हिंसालाई बढावा दिने दिशामा अघि बढेको जिकिर गरेका थिए । प्रधानमन्त्रीको भनाइ ओलीप्रति लक्षित थियो ।

प्रचण्डले महासचिव गुटेरेसको सम्बोधन नेपालको हितमा रहको र निकै सकारात्मक रहेको बताए ।

जलवायु परिवर्तनको असरपछि नेपाललाई सहयोग गर्नुपर्ने, नेपाललाई संसारले माया गर्नुपर्नेलगायत गुटेरेसको सम्बोधन नेपालको पक्षमा रहेको उनले बताए ।


प्रतिक्रिया

3 thoughts on “प्रधानमन्त्रीको गुनासो- गुटेरस आएको बेला केही नेताले शान्ति प्रक्रियाबारे देश विभाजनमा रहेको देखाए (भिडिओ)

  1. त्यसो नभए १७ वर्ष सम्म के हेरेर बस्नु भको छ त ?

  2. शान्ति प्रकियालाई मागि खाने भाँडो बनाउने तिमीहरूको अन्तराष्ट्रिय बेईज्जत र कारवाही हुनुपर्छ ।

  3. कसैले देखाउनु पर्छ र!! नजिकबाट नियालेकै हुन्छन भन्ने किन नजानेको प्रधानमन्त्री जी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर