सन्दीपको दबाबबीच कप्तान फैज रनआउट, जोराको उत्कृष्ट फिल्डिङ – Nepal Press

सन्दीपको दबाबबीच कप्तान फैज रनआउट, जोराको उत्कृष्ट फिल्डिङ

काठमाडौं। विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले दोस्रो विकेट गुमाएको छ।

टस जितेर ब्याटिङ थालेको मलेसियाले ७ ओभरमा २ विकेट गुमाएर ६५ रन जोडेको छ। सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउटको सिकार बने।

सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए। फैजले ३ रन जोडे।

सुरुका ६ ओभरमा ६० रन जोडेको मलेसियाले सातौँ ओभरमा ५ रन मात्र थप्न सक्यो। त्यस ओभर सन्दीप लामिछानेको पहिलो ओभर थियो। मलेसियाका प्रारम्भिक ब्याट्सम्यान जुबैदी जुल्कीफल २४ रन जोडेर आउट भए। मलेसियाले ५७ रन जोड्दा अविनाश बोहराले जुल्कीफललाई आउट गरेका हुन्।

सेयद अजिज २७ रनमा खेल्दैछन्। प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर