नेपालविरुद्ध मलेसियाको आक्रामक ब्याटिङ – Nepal Press

नेपालविरुद्ध मलेसियाको आक्रामक ब्याटिङ

काठमाडौं । विश्वकप छनोटअन्तर्गत अहिले नेपालविरुद्ध ब्याटिङ गरिरहेको मलेसियाले आक्रामक सुरूवात गरेको छ । टस जितेर ब्याटिङ थालेको मलेसियाले ३ ओभरमा विकेट नगुमाई ३६ रन जोडेको छ । सेयद अजिज १५ र जुबैदी जुल्कीफल १३ रनमा खेल्दैछन् ।

प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले हराएको थियो भने मलेसिया, ओमानसँग ३२ रनले पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर