न्युयोर्कसँग विराटनगर महानगरको भगिनी सम्बन्ध गाँसिदै, फोहोर व्यवस्थापनमा सहकार्य हुने – Nepal Press

न्युयोर्कसँग विराटनगर महानगरको भगिनी सम्बन्ध गाँसिदै, फोहोर व्यवस्थापनमा सहकार्य हुने

विराटनगर । अमेरिका भ्रमणबाट फर्किएका विराटनगरका मेयर नागेश कोइरालाले फोहोर व्यवस्थापनका लागि न्युयोर्क महानगरसँग सहकार्य गर्ने सहमति भएको बताएका छन् ।

एक महिना लामो आमेरिका भ्रमणबाट फर्किएका कोइरालाले न्युयोर्क महानगर र विराटनगर महानगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने समेत सहमति भएको जानकारी गराए ।

उनी गत असोज १० गते ४० भन्दा बढीका देशका स्थानीय सरकारका प्रमुख र प्रतिनिधि सम्मिलित सेमिनारमा सहभागी हुन अमेरिका पुगेका थिए । टेक्सासमा भएको सेमिनारमा सहभागी भएर प्रमुख कोइरालाले विभिन्न महानगरका मेयर, सिनेटरहरूसँग विकास र साझेदारीको विषयमा छलफल गरेका थिए ।

यद्यपि समझदारीपत्रमा हस्ताक्षर भने भएको छैन । भगिनी सम्बन्ध स्थापित भएपछि विराटनगरको दीर्घकालीन समस्याका रूपमा रहेका बाढी, डुबान, सुकुमबासी व्यवस्थापन, सडक निर्माणमा पनि सहकार्य हुने कोइरालाको विश्वास छ ।

कोइरालाका अनुसार न्युयोर्कका मेयर एडम्स विराटनगरको भ्रमणमा आउने र त्यसैबेला महानगरसँग भगिनी सम्बन्धमा हस्ताक्षर हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *