ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ : दीपकराज गिरी – Nepal Press

ओली म भन्दा बढी व्यङ्ग्यकार हुनुहुन्छ : दीपकराज गिरी

काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए ।

उनले धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरे पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समयानुकूल आफूलाई परिवर्तन गर्न सक्ने क्षमताको नेता भएको बताए ।

अभिनेता गिरीले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यङ्ग्यकार भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *