परदेशी २ : मोफसलका हलमा पुग्दै प्रकाश, केकी र वर्षा – Nepal Press

परदेशी २ : मोफसलका हलमा पुग्दै प्रकाश, केकी र वर्षा

काठमाडौं । शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ टीम मोफसलका हलमा जाने भएको छ ।

अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्वय केकी अधिकारी र वर्षा शिवाकोटी पश्चिमका ठूला सहरका हल हलमा पुगेर दर्शकको प्रतिक्रिया लिने भएका हुन् ।

आइतबार बेलुका भिडियो सन्देश सार्वजनिक गर्दै कलाकारहरूले देशभरबाट पाएको उत्साहजनक साथका लागि दर्शकप्रति आभार समेत प्रकट गरेका छन् ।

प्रकाश, केकी र वर्षा सोमवार चितवनका हलमा पुग्दैछन् । त्यहाँका दर्शक भेटेर प्रतिक्रिया लिनुका साथै उनीहरूलाई धन्यवाद दिएपछि कलाकारहरू बुटवलका हलमा पुग्नेछन् । त्यसपछि नेपालगञ्ज र पोखराका हलमा पुगेर कलाकारहरू काठमाडौं फर्किनेछन् ।

दर्शकबाट ‘परदेशी २’ले सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त गरेको छ । हरेक उमेर समूहका दर्शकलाई चलचित्रले हलसम्म तान्न सफल भएकोमा निर्माण टिम खुशी देखिएको छ । नारायण रायमाझीको निर्देशन रहेको ‘परदेशी २’को कथा एवं पटकथा रमेश बिजीले लेखेका हुन् ।

राजेश वंशल र निर्देशक रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई चलचित्रमा देखाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *