राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनुहुँदैन : सभापति लामिछाने (भिडिओ) – Nepal Press

राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनुहुँदैन : सभापति लामिछाने (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुनु नहुने बताएका छन् ।

सोमवारबाट शुरु भएको पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्ने बताएका हुन् ।

उनले राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको बताए । उनले यो परिवर्तनमा सारा जीवन बिताएका नेताहरूप्रति कहिले कहीँ विषय केन्द्रित कटाक्ष गरे पनि मुलुकको परिवर्तनमा उनीहरूले दिएको योगदानलाई अवमूल्यन गर्ने आँट, साहस र योजना नरहेको बताए । उनले परिवर्तनलाई अवमूल्यन गर्ने ध्येय आफूहरूको नरहेको पनि बताए ।

सभापति लामिछानेले रास्वपा नयाँ पार्टी भएकाले सिक्दै र बुझ्दै जाने प्रयासमा रहेको बताए । उनले पुराना राजनीतिक दलहरूमा अझै पनि राणा शासन कायम रहेको बताए । उनले देशले व्यवस्था बदलेको भए पनि राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र नहुँदा समस्या आएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर