पुरानै हस्ताक्षर बोकेर मुख्यमन्त्री दाबी गर्दै इन्द्र पनि प्रदेश प्रमुखकहाँ पुगे, दुई पक्षबीच विवाद – Nepal Press

पुरानै हस्ताक्षर बोकेर मुख्यमन्त्री दाबी गर्दै इन्द्र पनि प्रदेश प्रमुखकहाँ पुगे, दुई पक्षबीच विवाद

काठमाडौं । कोशी प्रदेश प्रमुखकाको कार्यालयमा एकैपट दुई समूह मुख्यमन्त्रीको दाबी पेश गर्न पुगेका छन् । एमालेको समर्थनमा कांग्रेस संसद केदार कार्की तथा गठबन्धन उम्मेदवारका रूपमा इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

४० सीट रहेको एमालेले समर्थन जनाउने भएपछि केदारको दाबेदारी बलियो बनेको छ । उनले आफूसँग कांग्रेसका ९ संसदको समर्थन रहेको बताएका छन् । माओवादी सांसद इन्द्रले भने पुरानै हस्ताक्षर बोकेर गएको केदार पक्षको दाबी छ ।

नयाँ परिस्थितिमा पुरानो हस्ताक्षर काम नलाग्ने भन्दै कार्की समूहले विरोध जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर