ईश्वर पोखरेलको मैथिली भाषण- मधेश एमालेको जन्मभूमि हो, ५० वर्षअघि केपी ओली यही भूमिमा संगठन गर्दा जेल पर्नुभयो – Nepal Press

ईश्वर पोखरेलको मैथिली भाषण- मधेश एमालेको जन्मभूमि हो, ५० वर्षअघि केपी ओली यही भूमिमा संगठन गर्दा जेल पर्नुभयो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मधेश एमालेको जन्मभूमि भएको बताएका छन् । एमाले मधेश अधिवेशलाई उद्घाटन गर्दै संगठन निर्माणको क्रममा मधेश आएकै बेलामा पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेको बताए ।

उनले भने, ‘मधेश एमालेको जन्मभूमि हो । ५० वर्ष पहिले हाम्रो पार्टी अध्यक्ष ओलीजी संगठन निर्माणको क्रममा रौतहट जिल्लामा आएको बेलामा पक्राउ पर्नुभएको थियो । पक्राउ परेपछि १७ वर्ष जेल बस्नुभएको थियो । मधेशको जनताप्रति विश्वासको साथ रहनुभयो ।’

मधेशकै जनताको विश्वास र भरोषामा संकटको अवस्थामा पनि पाटीलाई अगाडि बढाएको बताए । उनले मधेशको भाग्यरेखा कोर्ने हुलाकी राजमार्ग केपी ओली प्रधानमन्त्री भएकै बेलामा थालनी गरेको बताए । ओलीले हुलाकी राजमार्गको लागि ४ अर्ब १० करोड बजेट छुट्याएको समेत सुनाए ।

उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हुने सहयोग किन ढिलाई भइरहेको छ ? भनेर भन्नेसक्ने प्रधानमन्त्री ओलीमात्रै भएको दाबी गरे । उनले सहमति गरेअनुसार भारतले काम नगरेकोप्रति पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवाले भन्ने नसकेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर