लाओससँगको खेलमा रंगशालामा आएर हौसला बढाइदिन कप्तान किरणको आग्रह (भिडि‌ओ) – Nepal Press

लाओससँगको खेलमा रंगशालामा आएर हौसला बढाइदिन कप्तान किरणको आग्रह (भिडि‌ओ)

काठमाडौं । विश्वकप फुटबल २०२६ अन्तर्गत एसिया क्षेत्रतर्फको पहिलो चरणको छनोट खेलमा नेपालले बिहीबार लाओससँग प्रतिस्पर्धा गर्दैछ ।

दशरथ रंशालामा बिहीबार साँझ साढे ५ बजे सुरू हुने खेलका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक र कप्तानले बताएका छन् । खेलअघि बुधबार ललितपुरमा आयोजित प्रिम्याच कन्फ्रेन्समा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले पहिलो विश्वकप छनोट नेपालका लागि अवसर भएको बताए ।

उनले खेलमा राम्रो नतिजा ल्याउन शत प्रतिशत दिने प्रयास गरेको बताए । खेलका लागि राम्रो ट्रेनिङ भएको र खेलाडीहरू पनि फिट रहेको उनको भनाइ छ ।

त्यस्तै राष्ट्रिय टीमका कप्तान किरण चेम्जोङले पहिलो चरणको खेलका लागि अहिलेसम्मको लामो ट्रेनिङ भएको बताए । उनले विश्वकप छनोट चरणको खेललाई सफल बनाउन खेलप्रेमीहरूले साथ दिनुपर्ने उल्लेख गरे । घरेलु मैदानमा लाओससँगको प्रतिस्पर्धा हेर्न आइदिएर आफूहरूलाई हौसला प्रदान गर्न उनले समर्थकलाई आग्रह गरेका छन् ।

यस्तै लाओसका प्रशिक्षक तथा खेलाडीहरुले पनि राम्रो तयारी गरेकाले नतिजा पनि राम्रै आउने दाबी गरे । लाओससँगको खेलमा विजयी भएमा नेपाल विश्वकम छनौटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर