जनयुद्ध दिवसबारे ओलीको अडान- अर्को क्याबिनेटबाट बिदा फिर्ता नलिए हामी कदम चाल्छौं (भिडिओ) – Nepal Press

जनयुद्ध दिवसबारे ओलीको अडान- अर्को क्याबिनेटबाट बिदा फिर्ता नलिए हामी कदम चाल्छौं (भिडिओ)

‘हिंसा थालेको दिन दिवस हुन सक्दैन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई अर्को क्याबिनेटबाट जनयुद्ध दिवसको बिदा फिर्ता लिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै हिंसा थालेको दिन दिवस हुन नसक्ने भन्दै अर्को क्याबिनेटबाट फिर्ता नलिए आफूहरुले कदम चाल्ने चेतावनी दिए ।

उनले भने, ‘प्रधानमन्त्रीले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगान गर त्यसको लागि छुट्टि भनेर बिदा घोषणा गर्नुभयो । एक वर्ष मात्रै होइन सधैंका लागि । यो बिदा घोषणा मान्य छैन ।’

उनले कांग्रेसले आफ्नो नेता कार्यकर्ता मारिएको भएपनि सरकारमा जान सबै छाडेको टिप्पणी गरे ।

उनले आफू प्रधानमन्त्री हुँदा शान्ति प्रक्रिया टुंग्याउन पहल गर्दा प्रचण्डबाट साथ नपाएको बताए । अहिले पनि प्रचण्ड र देउवाले सहमति जुटाएर आए आफू तयार रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर