दुई कम्पनीलाई २७ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन अनुमति – Nepal Press

दुई कम्पनीलाई २७ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजीङ कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।

बोर्डले शुक्रबार मुक्तिनाथ किसान कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडलाई सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो ।

बोर्डले मुक्तिनाथलाई सर्वसाधारणका लागि १४ लाख सेयर एक सय रुपैयाँ अंकित्त मुल्यमा र वेयरहाउजिङ कम्पनीलाई १३ लाख ७५ हजार कित्ता सेयर एक सय रुपैयाँ अंकित मुल्यमा निष्काशनका लागि अनुमति दिएको हो ।

जहाँ सेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापीटल र एआईएमबी एसीई क्यापिटल रहेका छन् । दुई वटै कम्पनीले २७ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर