म्युजिक भिडियोमा पल-मलिका जोडीको कमब्याक, अनिताको गीतमा कस्तो देखियो केमेस्ट्री ? – Nepal Press

म्युजिक भिडियोमा पल-मलिका जोडीको कमब्याक, अनिताको गीतमा कस्तो देखियो केमेस्ट्री ?

काठमाडौं । म्युजिक भिडिओका हिट जोडी पल शाह र मल्लिका महत लामो अन्तरालपछि एक साथ देखिएका छन् ।

खेम सेन्चुरी र अनिता चलाउनेको स्वरमा रहेको गीत ‘यो जोबन यस्तै हो कि…’ मार्फत उनीहरूले कमब्याक गरेका हुन् ।

‘फुलबुट्टे सारी’, ‘टाढा भए पनि’, ‘तिम्रो मनमा ए कान्छा’ जस्ता थुप्रै हिट भिडिओहरूमा सहकार्य गरेको पल–मलिका जोडीलाई दर्शकले मिस गरिरहेका थिए ।

पल जेलबाट रिहा भएपछि पलले पहिलो भिडिओ मलिकासँग खेल्ने अनुमान थियो । तर, उनले सुनिशा भट्टराईसँग जोडी बाँधे ।

अन्ततः दर्शकको पर्खाइ पूरा भएको छ । गायिका अनिता चलाउनेले उनीहरूलाई फेरि एक पटक भिडिओमा जोडी बनाएकी छन् ।

अनिताको युट्युब च्यानलबाट यो गीत हिजो रिलिज गरिएको हो । अहिलेसम्म करिब दुई लाख भ्यूज र दुई हजारभन्दा बढी कमेन्टहरु गीतले पाइसकेको छ ।

यो गीतका शब्दहरू नेत्र अर्यालले लेखेका हुन् भने खेम सेञ्चुरीले संगीत दिएका हुन् । म्युजिक भिडिओको निर्देशन विक्रम चौहानले र कोरियोग्राफी राजाराम सिम्खडाले गरेका छन् । अत्यधिक कोरस डान्सरको प्रयोगले गीतको भिडियो भव्य देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *