राहतका शिक्षकहरु मुख्य सडकमा पसेपछि प्रहरी हस्तक्षेप (भिडिओ) – Nepal Press

राहतका शिक्षकहरु मुख्य सडकमा पसेपछि प्रहरी हस्तक्षेप (भिडिओ)

काठमाडौं । आन्दोलनरत राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।

गत शनिबारदेखि थप आन्दोलित बनेको राहतका शिक्षकहरुले आफनो माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । प्रहरी र शिक्षकहरुबीच ठेलमठेल भएको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै गत बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित भएर आन्दोलनमा उत्रेका थिए ।

सरकारले गत शुक्रबार आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघसँग आन्दोलनरत शिक्षकको माग सम्बोधन गर्न ७ बुँदे सहमति भएको थियो ।तर उक्त सहमतिमा राहतको शिक्षकहरुको माग सम्बोधन नभएपछि उनीहरुले आन्दोलन जारी राखेका छन् ।

उनीहरुले आन्दोलनका कार्यक्रम फरक फरक ढंगले गर्दै आइरहेका छन् । सोमबार सडकमा सुतेर सरकारको विरोध गरेको थियो भने मंगलबार सिठी फुकेर प्रदर्शन गरेका थिए ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर