सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनन् खेलाडीले, कप्तान पौडेल भन्छन्- आउँछ भन्ने विश्वास छ (भिडिओ) – Nepal Press

सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनन् खेलाडीले, कप्तान पौडेल भन्छन्- आउँछ भन्ने विश्वास छ (भिडिओ)

काठमाडौं । सरकारले नेपाली क्रिकेट टीमलाई दिने भनेको पुरस्कार रकम अहिलेसम्म दिएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो पटक टोलीको बिदाइ गर्दै भदौ २८ मा घोषणा भएको पुरस्कार छिट्टै दिइने बताएका थिए ।

तर करिब १० दिन बित्दा पनि खेलाडीको खातामा दिने भनिएको रकम आएको छैन ।

एसियन गेम्समा सहभागी हुन चीन जान लागेको टोलीको कप्तान रोहित पौडेलले अहिलेसम्म खातामा रकम नआएको बताए ।

उनले भने, ‘अहिलेसम्म आएको छैन । हेरम् भनेको त धेरै भइसक्यो । होपपुल्ली आउँछ । हेरौँ कहिले आउँछ । कति पटक भनिसक्नुभएको छ । अहिलेसम्म आएको छैन । आउँछ भनेर विश्वास छ ।

१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले घोषणा गरेको पुरस्कार छिट्टै दिइने बताएका थिए ।

उनले भनेका थिए, ‘तपाईँहरूको मनोबल र वृत्ति विकासलाई सधैँ प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनसमेत म तपाईँहरूमा आग्रह गर्दछु । सरकार हमेशा तपाईँहरूको साथमा रहेको जानकारी गराउँदै उच्च मनोबल र दृढताका साथ प्रतियोगितामा सहभागी हुन अपिल गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर