एसियाली खेलकुद रौनकले भरिएको हाङ्चाउको विमानस्थल (तस्बिरहरु) – Nepal Press

एसियाली खेलकुद रौनकले भरिएको हाङ्चाउको विमानस्थल (तस्बिरहरु)

हाङ्चाउ (चचिआङ) । सन २०१६ को जी-२० शिखर सम्मेलन गर्ने अवसर पाएको पूर्वी चीनको हाङ्चाउ सहरले अहिले एसियाली खेलकुद आयोजनाको अन्तिम तयारी सकेको छ ।

आज चिनियाँ राष्ट्रपति सि चिनफिङ आएर उद्घाटन गर्ने महादेशीय खेलकुद कुम्भ मेलामा आउने विदेशी सरकार प्रमुखमा नेपालका प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि एक छन् । यहि खेलकुद कुम्भमेलाको सबैभन्दा तामझाम विमानस्थल क्षेत्रमा छ ।

४५ देशका १२ हजार खेलाडी आउने मुख्य मुकाम भएकोले अहिले हाङ्चाउको स्याओसान अन्तर्राष्ट्रिय विमानस्थल खेलाडी र अरु सहभागी स्वागत गर्न झकिझकाउ छ ।

स्वयसेवकहरु अहोरात्र तल्लिन छन् विमानस्थल पनि खेलकुदको जानकारी र प्रचारले झकिझकाउ छ । एसियाली खेलकुदको रौनक चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच सहरमा उत्तिकै छ । तर, ती सबैको रौनकको प्रवेशद्वार भने स्वाओसान अन्तर्राष्ट्रिय विमानस्थल नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *