अढाई वर्षीय बालक सेती नदीमा बेपत्ता – Nepal Press

अढाई वर्षीय बालक सेती नदीमा बेपत्ता

डोटी । सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका- ११ सिमारका प्रकाश नेपालीका छोरा रेन्जर नेपाली बगेर बेपत्ता भएका हुन् ।

नदीमा लुगा धुन फुपूसँगै गएका अढाई वर्षीय रेन्जर बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *