प्रचण्ड र बालेनको अभिव्यक्तिप्रति कांग्रेस सांसद गौतमको आपत्ति – Nepal Press

प्रचण्ड र बालेनको अभिव्यक्तिप्रति कांग्रेस सांसद गौतमको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्ता अभिव्यक्तिले समाजमा अराजकता बढेको बताए ।

उनले भने, ‘मुलुकमा ठूलो अराजकता देखिँदैछ । जसले जे बोलेपनि हुने जसले जे गरेपनि हुने, कसैले सिंहदरबार आगो लगाइदिन्छु भनेको छ, कसैले जातीय संघीयता ल्याइदिन्छु भनेको छ । लाखौंको जुलुस निकाल्दिन्छु भनेको छ । सत्तामा भएर हो कि, मन्त्री भएको हो कि? प्रधानमन्त्री, मेयर भएको हो कि? जसले जे बोलेपनि हुनथाल्यो यसमा ध्यान दिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर