शाओमी प्याड ६ सँगै किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा – Nepal Press

शाओमी प्याड ६ सँगै किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले शाओमी प्याड ६ सार्वजनिक गरेको छ ।

शाओमीले भोलि (भदौ १५) देखि बजारमा उपलब्ध हुने ‘प्याड ६’ दराजमा प्रि बुकिङका भइरहेको छ । ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री लगायतका फिचरहरु भएको यस प्याड ६ भोलिबाट बजारमा उपलब्ध हुने जनाइएको छ ।

प्रोसेसर

मूल भागमा शक्तिशाली स्न्याप्ड्रागन ८७० प्रोसेसर छ । यसबाट रिसोर्स-इन्टेन्सिभ एप्लिकेशनहरू कार्यान्वयन गर्न सकिन्छ र एक छरितो पर्फर्मेन्स अनुभव गर्न सकिन्छ । स्न्याप्ड्रागन ८७० प्रोसेसरले मल्टिटास्किङ र एप म्यानेजमेन्टको सहज एग्जिक्युशन सुनिश्चित गर्दै एक उत्तरदायी र गतिशील ट्याब्लेट प्रयोग गर्ने अनुभव प्रदान गर्दछ ।

डिस्प्ले

स्ट्राइकिङ २७.९४ सेन्टिमिटर (११ इन्च) को डिस्प्ले मार्फत भिजुअल ब्रिलियंस प्राप्त गर्न सकिन्छ । यसको २८८० एक्स १८०० पिक्सेल र उल्लेखनीय ३०९ पिपिआईको प्रभावशाली रिजोल्युसनको संकलनमा बेजोड स्पष्टतासंग प्रत्येक इमेज र भिडियो जीवित हुन पुग्छ ।

यसको १४४ हर्ज रिफ्रेस रेटले सहज एनिमेसन र ट्रान्जिसनको ग्यारेन्टी दिन्छ । ५५० निट्स (टिपिकल) सम्मको ब्राईटनेसले उज्यालो वातावारनमा पनि मनमोहक भिजुअलहरु सुनिश्चित गर्दछ । १ बिलियन भन्दा बढी रङहरू समर्थन गर्न सक्ने र डिसिआई – पि थ्री सँग कम्प्याटिबिलिटि भएको शाओमी प्याड ६ ले जीवन्तता र ट्रु-टु-लाईफ प्रतिनिधित्वद्वारा चिनिने एक असाधारण भिजुअल अनुभव प्रदान गर्दछ ।

क्यामेरा

यसको १३ एमपी रियर क्यामेराले ३० एमपीएस मा ४ के भिडियो रेकर्डिङहरु गर्न सहज बनाउँछ । एडभेन्चरलाइ डक्युमेण्ट गर्न होस् वा कन्टेन्ट क्रिएट गर्न , शाओमी प्याड ६ एक असली साथीको रूपमा काम गर्दछ। यसको ८ एमपी को फ्रन्ट क्यामेरा ३० एमपीएस मा फुल एचडी भिडियो रेकर्ड गर्न सक्षम छ । भिडियो कल र सेल्फी पनि क्लियर देखाउँछ।

ब्याट्री र चार्जिङ

एक ८८४० एमएएच (टिपिकल) ब्याट्री संग सुसज्जित शाओमी प्याड ६ ले दिनभरी निर्बाध गतिविधि निरन्तर रुपमा पावर आउटलेट खोजिरहनु पर्दै ।

नेटवर्क र कनेक्टिभिटि

जस्तो सुकै लोकेशनमा पनि अटल कनेक्टिभिटि सुनिश्चित गर्दछ । यसको ब्लुटुथ ५.२ र वाईफाई ६ को समर्थन, र ८०२.११ ए/बि/जी ले उच्च-गति र भरपर्दो इन्टरनेट कनेक्शन प्रदान गर्दछ । चाहे त्यो काम होस् , कन्टेन्ट स्ट्रिमिङ, वा वेब ब्राउजिङ, शाओमी प्याड ६ ले सबैभन्दा महत्त्वपूर्ण मामिलाहरूमा निरन्तर कनेक्शनको ग्यारेन्टी दिन्छ।

शाओमी प्याड ६ किबोर्ड

शाओमी प्याड ६ कीबोर्ड प्रयोगकर्ताले ल्यापटप जसरी प्रयोग गर्न, इमेल संरचना गर्न, कागजात निर्माण गर्न र नोट–लिन जस्ता कार्यहरू सरल बनाउन सजिलैसँग किबोर्डलाई कनेक्ट गर्न सक्नुहुन्छ । स्लीक डिजाइन र रेस्पोन्सिभ कुञ्जीहरू प्रस्तुत गर्दै, शाओमी प्याड ६ किबोर्डले दक्षता प्रवर्द्धन गर्दै र परिष्कृत क्षमताहरूलाई सक्षम पार्दै शाओमी प्याड ६ ट्याब्लेटलाई बहुमुखी कार्यस्थानमा रूपान्तरण गर्छ।

नेपालमा शाओमी प्याड ६ को मूल्य ३९ हजार ९९९ रुपैयाँ कायम गिरएको छ भने प्याड ६ कै अर्को भेरीयन्ट ४३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ । साथै, किबोर्डको मूल्य ८ हजार ४९९ र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेसनको ९ जहार ९९९ रुपैयाँ रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर