चार घण्टा डटेर विश्व नम्बर एकलाई हराएपछि जोकोभिचले उन्मादमा टिसर्ट च्याते – Nepal Press

चार घण्टा डटेर विश्व नम्बर एकलाई हराएपछि जोकोभिचले उन्मादमा टिसर्ट च्याते

सिनसिनाटी । विश्व कीर्तिमानी नोभाक जोकोभिचले वर्षको सिनसिनाटी ओपन टेनिस जितेका छन्।

यी सर्बियन स्टारले सोमबार विश्व नम्बर एक कार्लोस अल्काराजलाई ५-७, ७-६ र ७-६ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।

अल्काराजलाई उपाधि जित्न म्याच प्वाइन्ट मात्र आवश्यक रहेका बेला जोकोभिचले पुनरागमन गरेका थिए।

गत महिना मात्र जोकोभिच विम्बल्डन ग्रान्डस्लामको फाइनलमा स्पेनिस अल्काराजसँग पराजित भएका थिए।

जित लगत्तै जोकोभिचले टिसर्ट च्यात्दै शरीरलाई पछाडितर्फ लगेर आकाशतिर हेरेर गर्जिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर