मधेशका ४ सांसद फिर्ता बोलाउने जनमतको तयारी, को-को परे ‘रेड जोनमा’ ? – Nepal Press

मधेशका ४ सांसद फिर्ता बोलाउने जनमतको तयारी, को-को परे ‘रेड जोनमा’ ?

जनकपुरधाम । जनमत पार्टीले ‘राइट टु रि-कल’ अन्तर्गत गरिएको जनमत संग्रहको परिणाम अनुसार चार प्रदेश सांसद फिर्ता बोलाइने सूचीमा परेका छन् ।

जनमत पार्टीका महासचिव समेत रहेका मधेश प्रदेश सांसद चन्दन सिंह पनि फिर्ता बोलाइने सूचीमा परेका हुन् । सिंह अहिले प्रदेश श्रम तथा यातायात मन्त्री छन् । सांसदबाट फिर्ता बोलाएमा उनको मन्त्री पद गुम्नेछ ।

यस्तै सिरहा क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित त्रिभुवन साह, समानुपातिक सांसद भाग्यश्री कुमारी चौधरी र अर्का समानुपातिक सांसद अनिता कुमारी साह पदबाट फिर्ता बोलाइने सूचीमा परेकी छन् ।

जनमत पार्टीले ‘राइट टु रि-कल’ लाई राजनीतिक मुद्दा बनाएको छ । सो अन्तर्गत चुनावमा ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने जनमत पार्टीले नीति अबलम्बन गरेको छ ।

जनमत संग्रह निर्वाचनमा ५० प्रतिशतभन्दा कम मत आएकाले सांसदहरू चन्दन सिंह, त्रिभुवन साह, भाग्यश्री कुमारी साह चौधरी र अनिता कुमारी साहलाई फिर्ता बोलाउने जनमत पार्टीले तयारी गरेको छ ।

जनमतका राष्ट्रिय सचिव बीपी साहले मतदानमा जसको मत ५० प्रतिशत भन्दा कम आएको छ, उनीहरूमाथि छानबिन प्रक्रिया अघि बढाउने र पदबाट फिर्ता बोलाइने जानकारी दिए ।

उनका अनुसार सांसद सिंहले खसेको ४६ मतमध्ये १४ मात्रै प्राप्त गरेका छन् । उनको विपक्षमा २८ मत खस्यो । सोही क्षेत्रकी अनिताकुमार साहको विपक्षमा २३ र पक्षमा १४ मत पर्‍यो । १०१ मत खसेकोमा प्रदेश सांसद त्रिभुवन साहको पक्षमा २० र भाग्यश्री चौधरीको विपक्षमा ७९ मत र पक्षमा २१ मत परेको छ ।

पार्टीका राष्ट्रिय सचिव साहले भने, ‘अहिले फिर्ता नै बोलाउने निर्णय भइसकेको छैन् । के कमजोरी भएको हो भन्ने विषयमा छानबिन हुन्छ । त्यसपछि पार्टीले अन्तिम निर्णय लिन्छ । यदि फिर्ता नै बोलाउने निर्णय भयो भने निर्वाचित सांसदको क्षेत्रमा उपनिर्वाचन पनि हुन सक्छ ।’

जनमतका मधेश प्रदेशमा १३ र लुम्बिनीमा ३ गरी १६ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर