एसिया कपका लागि बन्द प्रशिक्षणमा नेपाली टीम, सन्दीप छैनन् सहभागी (तस्बिरहरू) – Nepal Press

एसिया कपका लागि बन्द प्रशिक्षणमा नेपाली टीम, सन्दीप छैनन् सहभागी (तस्बिरहरू)

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टीमको बन्द प्रशिक्षण आजबाट सुरू भएको छ । स्टार स्पिनर सन्दीप लामिछाने भने प्रशिक्षणमा सहभागी छैनन् ।

प्रशिक्षक मोन्टी देसाइले एसिया कप सुरू हुनभन्दा ९ दिनअघि १७ सदस्यीय टीमको प्रशिक्षण थालेका हुन् । नेपाली टीमलाई बुधबार पाकिस्तान पठाउने तयारी छ ।

सन्दीप एसिया कप खेल्ने १७ सदस्यीय टीममा छन् । तर अदालतले उनको मुद्दामाथिको सुनवाइ पछि सारेपछि सन्दीपले पाकिस्तान जानेबारे निर्णय लिइसकेका छैनन् । उनी अरूसँगै बुधबार जाने सम्भावना न्यून छ । नेपाल क्रिकेट संघ क्यानले उनलाई सँगै जान मनाउने प्रयास गरिरहेको छ ।

नेपालले पहिलो म्याच पाकिस्तानसँग दोस्रो म्याच भारतसँग खेल्दैछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर