ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक – Nepal Press

ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत उत्पादनमूलकतर्फको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक भएको छ । गत वैशाख ९ देखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षणको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो ।

दोस्रो चरणको सीप परीक्षाका लागि छनोट भएका ६ हजार ३२१ मध्येमा ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका अनुसार दोस्रो चरणका लागि छनोट भएका ६ हजार ३२१ मध्ये ४९८ जना फेल भएका छन् । ७० जना परीक्षामै उपस्थित भएका थिएनन् ।

गत फागुन ७ देखि चैत २४ गतेसम्म लिइएको पहिलो चरणको भाषा परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । जसमध्ये ६ हजार ३२१ जना उत्तीर्ण भएर स्किल टेस्टका लागि छनोट भएका थिए । ती परीक्षार्थीको दोस्रो चरणको सीप परीक्षण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा सञ्चालन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर